मलद्वारभित्र लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ
२ मंसिर,काठमाण्डाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याइएको १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलबार बिहान करिब १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो।
जाँचका क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थका चारवटा टुक्रा फेला परेका थिए। उक्त पदार्थ प्लास्टिकको र्यापसहित १ किलो ८०३.७७ ग्राम रहेको प्रहरीले जनाएको छ।
भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उक्त पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले बरामद पदार्थसहित चिनियाँ नागरिक वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0