वीरगञ्जबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी १४ महिनापछि पक्राउ

Nov 17, 2026 - 12:55
 0  10
वीरगञ्जबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी १४ महिनापछि पक्राउ

ईर्साद अन्सारी

१ मंसिर,बारा  । जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको छ।

 जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिरका २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (L) रहेका छन्।

 विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई  कात्तिक ३० गते बिहान करिब ९ः३० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाल सुधार गृह, वीरगञ्जबाट फरार भएका थिए। उनीमाथि सुर्खेत जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0