वैदेशिक रोजगारी ठगी तथा संगठित अपराधको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
२ मंसिर,काठमाडौँ । वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाएको (विदेशी मुद्रा अपचलन) र संगठित अपराध गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन् ।
नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत पदको दुरुपयोग गर्दै अमेरिकी डलर र बेलायती पाउन्ड गरी ठूलो परिमाणको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको दाबी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रनाभाटसमेतको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गरी उनीहरूलाई काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0