बारामा आगलागी हुँदा तीन पशु चौपाया जलेर मरे, अढाई लाखको क्षति
१ मंसिर,बारा । बाराको प्रसौनी गाउँपालिका–६ बेलहियामा गोठमा आगलागी हुँदा तीनवटा पशु चौपाया जलेर मरेका छन् भने करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरिका अनुसार आज बिहान करिब ४:०५ बजे स्थानीय ४० वर्षीय राजदेव यादवको इँटाको पर्खाल भएको फुसको गोठमा अचानक आगलागी भएको हो।
आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमाण्डमा ७ जना प्रहरी कर्मचारीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ४:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट एउटा भैँसी, एउटा पाडो र एउटा बाख्रा जलेर मरेका छन्। साथै लत्ताकपडा र दमकलको पाइपका दुई रोलसमेत जलेर नष्ट भएका छन्।
घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0