गुल्मीमा प्रहरी निरीक्षक पर्वत केसी क्वार्टरमै मृत फेला
१ मंसिर,काठमाण्डाैं । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसीको मृत्यु भएको छ।
उनी मंगलबार बिहान आफ्नै निवास (क्वार्टर) मा अचेत अवस्थामा फेला परेका थिए। बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मी प्रहरीले उनको निवासमा पुगेर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए।
निवासको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई बाहिर निकालेको थियो। तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीले जानकारी दिएका छन्।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। उनी २०५५ सालमा असई पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै उनको मृत्युको कारण खुल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0