साइबर ब्युरोले बोलाएपछि अजयबाबु शिवाकोटीले भने– प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

Nov 5, 2026 - 10:19
 0  22
साइबर ब्युरोले बोलाएपछि अजयबाबु शिवाकोटीले भने– प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

१९ कातिक,,काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।

पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा ब्युरोले शिवाकोटीलाई सम्पर्क गरी उपस्थित हुन बोलाएको ब्युरो स्रोतले जनाएको छ। काठमाडौँबाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोनमार्फत साइबर ब्युरोमा आउन भनिएको हो।

उनले आफू काठमाडौँ फर्किरहेको र ब्युरोमा उपस्थित हुने बताएका छन्। शिवाकोटीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सरकारको गतिविधिबाट आफू विचलित नहुने प्रतिक्रिया दिएका छन्।

उनले सरकारले भय र भ्रम सिर्जना गरेर शासन गर्न खोजेको आरोप लगाउँदै आफूलाई प्रहरीले खोज्नुपर्ने अवस्था नरहेको बताएका छन्। 'सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,'

उनले सामाजिक सञ्जालमा लेखेका छन्। पछिल्ला केही दिनदेखि शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारमाथि विधि र विधान मिचेर काम गरेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै आएका छन्।

 साइबर ब्युरोले बोलाएपछि शिवाकोटीले आफू उपस्थित हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0