आज एनपीएलमा विश्राम, शनिबार दुई रोमाञ्चक खेल हुने

Oct 30, 2026 - 07:59
 0  9
आज एनपीएलमा विश्राम, शनिबार दुई रोमाञ्चक खेल हुने

१३ कातिक,काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैन।

 प्रतियोगितामा एक दिनको विश्राम दिइएको छ। भोलि शनिबार भने त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुँदैछन्। शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। त्यस्तै, शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुने तालिका छ।

शनिबार हुने दुवै खेलले प्रतियोगिताको अंकतालिका र टोलीहरूको आगामी यात्रामा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0