ओलीको चेतावनी : एमालेमाथि सरकारी दमन महँगो पर्नेछ, प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

Nov 18, 2026 - 13:10
 0  14
ओलीको चेतावनी : एमालेमाथि सरकारी दमन महँगो पर्नेछ, प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

२ मंसिर,काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमालेमाथि निर्मम ढंगले हमला गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि तयार रहन पार्टीका अगुवा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 एमालेको राष्ट्रिय भेलाको उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले सरकारले फेरि पनि एमालेमाथि हमला गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गरिने चेतावनी दिएका हुन् ।

‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ । अब सरकारले फेरि हमला गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महँगो पर्न सक्छ,’ ओलीले भने । आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढंगले कुटपिट गरिएको उल्लेख गर्दै ओलीले अबको प्रतिरोधमा ठूलो संख्यामा कार्यकर्ता सडकमा उत्रिनुपर्ने बताए ।

 ‘पहिले गिरफ्तार हुँदा संख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ । सबै तयार हुनुहोस् । यो सरकारले कुन बेला के गर्छ, भर छैन,’ उनले भने ।

अध्यक्ष ओलीले सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टीका अगुवा कार्यकर्तालाई सम्भावित परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0