मधेशमा नेकपाका चार मन्त्रीले दिए सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता
२० कातिक,,जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले चारै जना मन्त्रीले ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएका हुन् । राजनीतिक निकासका लागि राजीनामा दिएको उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।
राजीनामापत्रमा भनिएको छ, ‘राजनीतिक निकासका लागि हामी नेपाली कम्युनिस्ट पार्टीका तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौँ । यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।’
यसैबीच, नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पार्टीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0