छैठके बहुत रास शुभकामना: मैथिली भाषामार्फत प्रधानमन्त्री शाहले दिए छठको शुभकामना

Nov 15, 2026 - 09:47
 0  14
छैठके बहुत रास शुभकामना: मैथिली भाषामार्फत प्रधानमन्त्री शाहले दिए छठको शुभकामना

२९ कातिक,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रकृति र आस्थाको पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। ​

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनका हरेक अवस्थालाई सम्मान गर्न र प्रकृतिप्रति कृतज्ञ हुन सिकाउने कुरामा उनले जोड दिएका छन्। ​

प्रधानमन्त्री शाहले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषाप्रतिको सम्मान प्रकट गर्दै लेखेका छन्: ​‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0