गाउँसभामा कीर्ते हस्ताक्षर गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

Nov 17, 2026 - 20:15
 0  14
गाउँसभामा कीर्ते हस्ताक्षर गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

१ मंसिर,बारा । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

 गाउँसभामा कीर्ते उपस्थिति देखाई नक्कली हस्ताक्षर गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले गाउँपालिका अध्यक्ष रायलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

गाउँसभाको उपस्थिति विवरणमा कीर्ते गरी नक्कली हस्ताक्षर गरिएको विषयमा अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।थप बिवरण आउन बाकि । फाटाे: समाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0