सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
ईर्साद अन्सारी
१ मंसिर,सिन्धुली । सिन्धुलीमा सामान्य विवादका क्रममा श्रीमानले ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको छ । जिल्लाको कमलामाई नगरपालिका–१० डाँडाटोलमा सोमबार राति करिब १ बजे उक्त घटना भएको हो ।
प्रहरीका अनुसार करिब ४२ वर्षीय मनोज कार्कीले सामान्य विवादका क्रममा आफ्नै श्रीमती ४० वर्षीया सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए ।
लोहोरोको प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे राति १ बजेर १५ मिनेटमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले घटनामा संलग्न मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र अन्य विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0