मधेशमा नयाँ सरकार गठनका लागि आह्वान, मंसिर ४ गतेसम्म दाबी पेस गर्न समय
२८ कातिक,बारा । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा शनिबार स्वीकृत गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरिएको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आगामी मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले समय दिएका छन् ।
निर्धारित समयभित्र बहुमतको आधारसहित दाबी पेस भएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0