नख्खुबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ
१ मंसिर,काठमाडौं । ललितपुर महानगरपालिका–२ नख्खुबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा रकम बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वरका प्रज्वल रिजाल रहेका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका तीनै जना पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको खुलेको छ । उक्त कम्पनीका सञ्चालक भगवान शाह रहेको बताइएको छ ।
प्रहरीका अनुसार बरामद रकमको स्रोतबारे पक्राउ परेका व्यक्तिहरूले स्पष्ट पार्न सकेका छैनन् । स्रोत नखुलेको उक्त रकम कहाँबाट ल्याइएको हो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0