म्याग्दीको वनमा लुकाइएका सात थान भरुवा बन्दुक बरामद
२ मसिर,काठमाण्डाैं । म्याग्दीको मालिका गाउँपालिका–५ मल्कवाङस्थित वनबाट प्रहरीले सात थान भरुवा बन्दुक बरामद गरेको छ ।
बुधबार बिहान ६ बजे इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा घरथोकस्थित वनमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार बरामद गरिएका सात थान बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत रहेका छन् । बरामद गरिएका बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा ल्याएर राखिएको छ ।
ती बन्दुक कसले र कुन प्रयोजनका लागि वनमा लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0