रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु, दुई घाइते

Nov 16, 2026 - 18:57
 0  17
रौतहटमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु, दुई घाइते

३० कातिक,रौतहट । रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

 जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर सोमबार दिउँसो करिब ४ बजे आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो।

 दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो। तर, चिकित्सकले दिउँसो ४ः३० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए।

 त्यस्तै, दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।

 घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

 दुवै घाइतेको अवस्था मध्यम रहेको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0