छठ पूजा स्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
३० कातिक,बारा । छठ पर्वको अवसरमा धार्मिक आस्थाका साथ निर्माण गरिएको पूजा स्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २९ गते साँझ करिब ७ः३० बजे सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजास्थलमा तोडफोड भएको थियो।
पर्वको साँझको पूजा सम्पन्न गरी भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यसैबीच, तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0