बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ
ईर्साद अन्सारी
५ मंसिर,दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३८ वर्षीय अम्मर सलामी मगर रहेका छन् । घरायसी विवादका क्रममा उनले आफ्नी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मामाथि दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहारबाट चारै जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दैलेखको दुल्लु नगर अस्पताल पठाइएको छ । घटना गराउने अम्मरलाई प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0