मोरङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप, २१ वर्षीय युवक पक्राउ
५ मंसिर,लेटाङ । मोरङको लेटाङ नगरपालिका क्षेत्रमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ साल कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको आरोप छ।
घटनासम्बन्धी जाहेरी मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सूक्ष्म अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रहरीले आज उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानी प्रसाद लम्साल रहेका छन्। घटना पश्चात फरार रहेका उनलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0