सिभिल प्रहरी भन्दै डान्सबारमा धाकधम्की दिने दुई युवक पक्राउ
४ मंसिर,काठमाडौं । आफूलाई सिभिल प्रहरी भएको भन्दै डान्सबारभित्र प्रवेश गरी सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाउने दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–८ घर भई भक्तपुर बस्दै आएका २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राति करिब १२ः३० बजे काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित गोल्डेन आई डान्सबारमा उनीहरू आफूलाई सिभिल प्रहरी भन्दै प्रवेश गरेका थिए ।
त्यसक्रममा उनीहरूले डान्सबारका सञ्चालक तथा कर्मचारीसँग विवाद गर्दै धाकधम्की र डरत्रास देखाएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0