चितवनमा फल्स बटम बनाएर ल्याइएको ४ सय ४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Nov 20, 2026 - 13:22
 0  6
चितवनमा फल्स बटम बनाएर ल्याइएको ४ सय ४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

४ मंसिर,बारा । चितवनमा भारतीय कन्टेनरभित्र फल्स बटम (कृत्रिम गोप्य कक्ष) बनाएर लुकाइछिपाइ ल्याइएको ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार बिहान करिब ९ बजे राप्ती नगरपालिका–१, लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा प्रहरीले गाँजा बरामद गरेको हो ।

 इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको NL 0107792 नम्बरको कन्टेनर रोकेर जाँच गर्ने क्रममा चालक सिटपछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा ४४३ किलो गाँजा फेला पारेको थियो

 ।प्रहरीले गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला, चर्खाजे गाउँका २४ वर्षीय सत्यम कुमार र सहचालक वैशाली जिल्लाकै बाबन घाटका २० वर्षीय रौनक कुमारलाई पक्राउ गरेको जनाएको छ ।

 बरामद गाँजा, कन्टेनर र पक्राउ परेका दुवै जनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । चालकको सिटपछाडि बनाइएको गोप्य कक्षमा ठूलो परिमाणमा गाँजा फेला पर्नुले लागुऔषध ओसारपसारमा नयाँ तरिका अपनाइएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0