प्रेमिकाको कोठामा अचेत भेटिएका २० वर्षीय युवकको मृत्यु, प्रेमिका प्रहरी नियन्त्रणमा
ईर्साद अन्सारी
४ मंसिर,सर्लाही । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवकको रहस्यमय मृत्यु भएको छ ।
प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो । बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
उनको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्रै युवकको मृत्युको कारण खुल्ने प्रहरीले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0