सिरहामा ३१.४३० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
५ मंसिर,सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ कटारी जाने चोकबाट ३१.४३० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सनिबार मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर जाँच गर्ने क्रममा खैरो हेरोइन फेला पारेको हो।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार सिंह र २८ वर्षीय रञ्जितकुमार सिंह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३१.४३० ग्राम खैरो हेरोइन, मधेश प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0