नागढुंगामा ९८ ग्राम खैरो हेरोइनसहित २१ वर्षीय युवक पक्राउ

Nov 23, 2026 - 10:25
 0  12
नागढुंगामा ९८ ग्राम खैरो हेरोइनसहित २१ वर्षीय युवक पक्राउ

७ मंसिर,काठमाण्डौं। नागढुंगा सुरुङमार्ग चेकपोइन्टबाट ९८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

 लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले साेमबार बिहान काठमाडौं उपत्यका भित्रिने सवारीसाधन चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा सवार यात्रुलाई शंका लागेर चेकजाँच गर्दा लागूऔषध खैरो हेरोइन ९८ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ निवासी २१ वर्षीय रामबहादुर गिरी रहेका छन्। प्रहरीले उनको साथबाट हेरोइनसँगै एक थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

 ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0