काठमाडौंमा चोरी भएको माइक्रोसहित दुई जना पक्राउ
६ मंसिर,काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलबाट चोरी भएको माइक्रोबससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत कात्तिक २९ गते साँझ ७ः४५ बजेको समयमा बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस चोरी भएको थियो।
गाडी हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको माइक्रोबस फेला पारेको थियो।
प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा आईतबार बिहान १०ः३० बजे काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0