ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना, एक वर्षीय बालकसहित ९ जना घाइते

Nov 23, 2026 - 10:05
 0  10
ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना, एक वर्षीय बालकसहित ९ जना घाइते

ईर्साद अन्सारी

७ मंसिर,बारा  । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक वर्षीय बालकसहित ९ जना घाइते भएका छन्।

 सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा आइतबार बिहान बोलेरो जिप दुर्घटना भएको हो।

 प्रहरीका अनुसार साेमबार  बिहान ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेको थियो।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन्।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको छ। घाइतेहरूको उपचार भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0