गु जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिँदै

Nov 16, 2026 - 12:47
 0  7
गु जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिँदै

३० कातिक,मुगु। मुगुमा हाइलक्स गाडी दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिँदै छ। 

काठमाडौँबाट राराताल आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी सोमबार छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चन थापा र अञ्जु थापालाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लैजान लागिएको हो।

उक्त दुर्घटनामा गाडीमा सवार विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0