६ किलोभन्दा बढी चरेशसहित २१ वर्षीया युवती र चालक पक्राउ

Nov 16, 2026 - 09:44
 0  9
६ किलोभन्दा बढी चरेशसहित २१ वर्षीया युवती र चालक पक्राउ

३० कातिक,हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो १४० ग्राम लागूऔषध चरेशसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २१ वर्षीया युवती र ३३ वर्षीय पुरुष रहेका छन्। प्रहरीका अनुसार आज बिहान १ः४५ बजे गोर्खा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जिप चेकजाँच गर्ने क्रममा चरेश फेला परेको हो।

जिपबाट ६ किलो १४० ग्राम चरेश बरामद भएपछि प्रहरीले जिपसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जिवनी चोक स्थायी घर भई बनेपा नगरपालिका–८ तिनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।

प्रहरीका अनुसार श्रेष्ठ जिप चालक हुन्। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0