त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकासँग दोहोरो संवाद, उद्धारको आशा बढ्यो

Sep 4, 2026 - 08:14
 0  5
त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकासँग दोहोरो संवाद, उद्धारको आशा बढ्यो

१९ भदाै,नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ।

उद्धार टोली र सुरुङभित्र रहेका व्यक्तिहरूबीच दोहोरो संवाद भएको पुष्टि भएपछि उनीहरू जीवितै रहेको आशा बलियो बनेको हो। पछिल्लो जानकारीअनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ।

उद्धारमा खटिएको टोलीले भित्र रहेका व्यक्तिहरूलाई ढाडस दिँदै “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भन्दै कराउँदा सुरुङभित्रबाट “हुन्छ” भन्ने स्पष्ट प्रतिक्रिया आएको बताइएको छ। यसले सुरुङभित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको संकेत गरेको छ।

 आवाज तथा प्रतिक्रियाको पुष्टि भएपछि उद्धारमा खटिएको टोलीमा थप उत्साह पैदा भएको छ। सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली अत्यन्तै सावधानीपूर्वक तथा तीव्र गतिमा उद्धार कार्यमा जुटिरहेको छ।

“भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीको कुरामा प्रतिक्रिया आउनुले हामीलाई थप उत्साहित बनाएको छ,” न्यौपानेले बताए। उद्धार कार्यलाई प्रभावकारी बनाउन घटनास्थलमा थप प्राविधिक सहयोग र आवश्यक उद्धार उपकरण परिचालन गरिएको छ।

 सुरुङको जटिल संरचना र चुनौतीपूर्ण अवस्थाका बाबजुद सुरक्षाकर्मी तथा उद्धार टोलीले भित्र फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0