बाराको सन्तगञ्जमा भारतीय मोटरसाइकलको ठक्करबाट २५ वर्षीय युवकको मृत्यु, चालक फरार

Nov 22, 2026 - 11:19
 0  5
बाराको सन्तगञ्जमा भारतीय मोटरसाइकलको ठक्करबाट २५ वर्षीय युवकको मृत्यु, चालक फरार

६ मंसिर,बारा । बाराको सुवर्ण गाउँपालिका–३ सन्तगञ्जमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

 मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत महुआवा पञ्चायतका अन्दाजी २५ वर्षीय विक्रम शर्मा रहेका छन्।

 सन्तगञ्ज पुलनजिकैको सडकमा शनिबार साँझ पैदल हिँडिरहेका शर्मालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

 युवकलाई ठक्कर दिएपछि मोटरसाइकल चालक सवारीसाधनसहित फरार भएका छन्। फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0