धरानको सेउती पुलबाट ४९९ किलो गाँजासहित भारतीय स्कार्पियो र चालक पक्राउ
६ मंसिर,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी बरामद गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चालकलाई समेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सनिबार राति ११ः३० बजे इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सेउती पुलमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।
प्रहरीले भारतको BR 11 Y 3039 नम्बर प्लेट भएको स्कार्पियो गाडी जाँच गर्दा गाँजाजस्तो देखिने पदार्थ ४९९ किलोग्राम बरामद गरेको जनाएको छ। गाँजा ओसारपसारमा प्रयोग भएको स्कार्पियोसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजय कुमार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।
पक्राउ परेका साहमाथि बरामद गाँजा र सवारीसाधनसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0