एनपीएलसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ

Nov 21, 2026 - 16:51
 0  6
एनपीएलसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ

५ मंसिर,काठमाण्डाैं  । नेपाल प्रिमियर लिग (NPL) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन् ।

लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरिएको हो । सुक्रबार साँझ करिब ७ः३० बजे होटलको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिएर अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले खानतलासी गरेको थियो ।

 खानतलासीका क्रममा ‘Kush 777’ लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार गरिरहेको अवस्थामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन् । उनीहरूले सट्टेबाजीको कारोबारमा प्रयोग गरेका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरणसमेत प्रहरीले बरामद गरेको छ ।

 पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमही, दाङमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0