सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु, चालक फरार

Nov 20, 2026 - 20:17
 0  8
सरकारी मोटरसाइकलको ठक्करबाट जुम्लामा पैदलयात्रीको मृत्यु, चालक फरार

४ मंसिर,जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ निवासी ४२ वर्षीय हेमबहादुर महत रहेका छन्। सुक्रबार साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको थियो।

उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे महतलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्।

फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने सरकारी मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0