विश्वास देशभर आज हरिबोधिनी एकादशी पर्व, व्रत र पूजाआराधनामा भक्तजन

Nov 20, 2026 - 08:28
 0  16
विश्वास देशभर आज हरिबोधिनी एकादशी पर्व, व्रत र पूजाआराधनामा भक्तजन

४ मंसिर,काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्।

 प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको एकादशीका दिन मनाइने यस पर्वलाई देवउठनी एकादशी तथा ठूलो एकादशीका रूपमा समेत चिनिन्छ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजकै दिन चार महिनापछि योगनिद्राबाट जाग्नुहुन्छ।

 त्यसैले यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो। यस अवसरमा देशभरका विष्णु मन्दिर, नारायण मन्दिर तथा तीर्थस्थलमा भक्तजनको भीड लाग्ने गर्दछ। श्रद्धालुहरू बिहानै स्नान गरी भगवान् विष्णुको पूजा–आराधना गर्ने, व्रत बस्ने, भजनकीर्तन गर्ने तथा तुलसी र शालिग्रामको विशेष पूजा गर्ने परम्परा छ।

हरिबोधिनी एकादशीका दिन तुलसी विवाह गर्ने धार्मिक परम्परा पनि रहेको छ। तुलसीलाई भगवान् विष्णुको प्रिय मानिने भएकाले तुलसी र शालिग्रामको विवाह गराउँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

धार्मिक मान्यताअनुसार हरिबोधिनी एकादशीको व्रत बस्नाले पाप नष्ट हुने, पुण्य प्राप्त हुने तथा मोक्षको मार्ग प्रशस्त हुने विश्वास गरिन्छ। यस दिन तुलसीको मठ सजाउने, दीप प्रज्वलन गर्ने र भगवान् विष्णुको नामस्मरण गर्ने चलन छ।

हरिबोधिनी एकादशीसँगै चार महिनासम्म चल्ने चतुर्मास समाप्त हुने धार्मिक विश्वास छ। त्यसपछि विवाह, व्रतबन्धलगायतका शुभकार्य सुरु गर्न उपयुक्त समय मानिने परम्परा रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0