महोत्तरीमा गाँजासहित पक्राउ परेका फरार प्रतिवादी स्याङ्तान पुनः पक्राउ
४ मंसिर,महोत्तरी । लागूऔषध गाँजासहित पक्राउ परेर कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेला फरार भएका एक प्रतिवादी पुनः पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी ३१ वर्षीय रंगलाल स्याङ्तान रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सुक्रबार बर्दिबास नगरपालिका–१ बाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्याङ्तानलाई २०८२ जेठ २६ गते लागूऔषध गाँजा ४० किलो र विद्युतीय कार (ईभी) सहित पक्राउ गरिएको थियो ।
उनलाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरी, जलेश्वरमा राखिएको थियो । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट भागेर फरार भएका थिए ।
लागूऔषध नियन्त्रण ब्युरोले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फरार प्रतिवादी स्याङ्तानलाई पुनः पक्राउ गरिएको जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0