असममा कोलकाता–सैराङ एक्सप्रेस दुर्घटना, इन्जिनसहित सात युनिट पटरीबाट खस्यो
२५ कातिक,काठमाण्डाैं । भारतको असम राज्यस्थित गुवाहाटीको बाहिरी क्षेत्रमा बुधबार बिहान कोलकाता–सैराङ एक्सप्रेस रेल दुर्घटनामा परेको छ।
डिगारू रेलवे स्टेसन नजिक बिहान करिब ६ः५४ बजे भएको दुर्घटनामा रेलको इन्जिनसहित सातवटा युनिट पटरीबाट खसेका छन्।
मिजोरमको सैराङबाट कोलकातातर्फ गइरहेको रेल दुर्घटनामा पर्दा केही यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि रेलवेका उद्धार तथा प्राविधिक टोली घटनास्थल पुगेका थिए।
पूर्वोत्तर सीमावर्ती रेलवेका प्रमुख जनसम्पर्क अधिकारी कपिन्जल किशोर शर्माले दुर्घटनाको पुष्टि गरेका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। घाइतेको यकिन संख्या र उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।फाटाे:टाईम्स अफ ईन्डिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0