फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा श्रीलंकालीलाई साउदीमा मृत्युदण्ड

Oct 6, 2026 - 08:04
 0  9
फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा श्रीलंकालीलाई साउदीमा मृत्युदण्ड

एजेन्सी

२० असाेज,काठमाण्साडाैं । उदी अरबमा फेसबुकमार्फत इस्लाम र पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा २४ वर्षीय श्रीलंकाली आप्रवासी कामदार अनुजन सिवारासालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

 अपिल अदालतले शरिया कानुनअन्तर्गत मुद्दाको सुनुवाइ गर्दै उनलाई मृत्युदण्डको फैसला सुनाएको हो। यसअघि उनलाई पाँच वर्षको जेल सजाय र ३० लाख साउदी रियाल जरिवाना गरिएको थियो।

सिवारासाले श्रीलंकामा धार्मिक विवादका क्रममा फेसबुकमा तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोप छ।

उनले उक्त टिप्पणी हटाएर माफीसमेत मागेका थिए। तर, टिप्पणीको स्क्रिनसट रोजगारदाता र साउदी अधिकारीसमक्ष पुगेपछि उनलाई जुलाईमा पक्राउ गरिएको बताइएको छ।

श्रीलंकाली सरकारले सिवारासालाई आममाफी दिलाउन कूटनीतिक पहल गरिरहेको जनाएको छ। उनका परिवारले भने सेप्टेम्बर २८ यता उनीसँग सम्पर्क हुन नसकेको बताएका छन्। साउदी सरकारले मृत्युदण्ड कार्यान्वयन गर्ने मिति भने सार्वजनिक गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0