भरतपुरमा श्रीमानको फलामे रड प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

Nov 11, 2026 - 11:38
 0  17
भरतपुरमा श्रीमानको फलामे रड प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

 ईर्साद अन्सारी

२५ कातिक चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। 

स्याङ्जाको चापाकोट गाउँपालिका–६ स्थायी घर भई हाल भरतपुर–४ त्रिचोकमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले आफ्नै ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरी डेरा कोठाभित्रै कुटपिट गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न सुमनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0