सरकारको कार्यशैलीप्रति प्रचण्डको व्यंग्य : ‘हिन्दी जासुसी सिनेमाजस्तै’

Nov 7, 2026 - 16:04
 0  1
सरकारको कार्यशैलीप्रति प्रचण्डको व्यंग्य : ‘हिन्दी जासुसी सिनेमाजस्तै’

ईर्साद अन्सारी

२१ कातिक,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तै भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधिप्रति टिप्पणी गर्दै देशमा कुन बेला कसलाई पक्राउ गरिने, कसैमाथि हमला हुने वा कसलाई निशाना बनाइने हो भन्ने अनिश्चितता बढेको बताए ।

 उनले हिन्दी जासुसी फिल्ममा हुँदै नभएका र हुनै नसक्ने घटनासमेत देखाइने गरेको उल्लेख गर्दै सरकारका कामकारबाही पनि त्यस्तै देखिन थालेको बताए । ‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म हेर्दा देख्नुभएको होला, हुँदै नहुने कामहरू भएको देखाउँछ नि, त्यस्तै छ सरकारको कामकारबाही,’ उनले भने ।

 प्रचण्डले कुन पत्रकार पक्राउ पर्ने, कसैमाथि हमला हुने, कर्मचारीतन्त्र वा नेतामाथि के हुने भन्ने कुराको टुंगो नरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

यसैगरी उनले पुराना राजनीतिक दल र तिनका नेतृत्वमाथि वर्तमान सत्ता पक्ष तथा नयाँ पुस्ताबाट नकारात्मक टिप्पणी हुने गरेकोप्रति पनि आपत्ति जनाए । गणतन्त्र स्थापना, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन भूमिका खेलेका दल तथा नेताहरूलाई केही नगरेको र अपराधी मात्रै भएको जसरी चित्रण गर्न खोजिएको उनको भनाइ थियो ।

‘गणतन्त्र ल्याउने, पूर्वाधार बनाउने, ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले केही पनि गरेनन्, यी बदमास हुन्, अपराधी मात्रै हुन् भन्न खोजिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 1
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0