हेटौंडा–काठमाडौं सडकमा आजदेखि एकापट्टिबाट मात्र सवारी संचालन, कुन सडकबाट जाने?
१६ भदाै,हेटौंडा । हेटौंडा–काठमाडौं सडकखण्डमा सवारीसाधनको चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीसाधनले आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनलाई काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।
काठमाडौंमा रहेका यस्ता सवारी हेटौँडा फर्किंदा भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको हो। सवारी चाप व्यवस्थापन गर्न लागू गरिएको नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने जाम तथा लामो समयसम्म सवारीसाधन रोक्नुपर्ने अवस्थालाई कम गर्ने प्रशासनको अपेक्षा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0