जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणीका प्रतिवादी पक्राउ

Nov 22, 2026 - 17:32
 0  13
जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणीका प्रतिवादी पक्राउ

६ मंसिर,सुनसरी । जेन्जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ निवासी ३० वर्षीय भरतलाल मेहता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बिहान ८ः३० बजे सुनसरीको रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट पक्राउ गरेको हो।

 मेहतालाई सुनसरी जिल्ला अदालतले २०८१ असार ३० गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो। उनले ५ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका थिए। तर, २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएपछि उनको ४ वर्ष ९ महिना कैद सजाय भुक्तान हुन बाँकी थियो।

 पक्राउ परेका मेहतालाई आवश्यक कारबाहीपछि बाँकी कैद भुक्तानका लागि झुम्का कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0