सिरहामा १ हजार १०२ किलो गाँजा बरामद, बोलेरो र मोटरसाइकल नियन्त्रणमा

Oct 1, 2026 - 08:38
 0  9
सिरहामा १ हजार १०२ किलो गाँजा बरामद, बोलेरो र मोटरसाइकल नियन्त्रणमा

१५ असाेज,सिरहा । सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिकै गागन खोला पुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

 सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे खटिएको २९ जनाको टोलीले १ हजार १ सय २.६५ किलो गाँजा बरामद गरेको हो।

 प्रहरी टोलीले २६ बोरामा राखिएको गाँजासहित बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

सशस्त्र प्रहरी टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएका थिए। बरामद गाँजा तथा नियन्त्रणमा लिइएका दुवै सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0