वीरगञ्जमा भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा

Nov 24, 2026 - 17:07
 0  13
वीरगञ्जमा भन्सार छलीका सामानसहित तीनवटा गाडी प्रहरी नियन्त्रणमा

८ मंसिर,बारा  । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ।

 ​जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंसिर ६ गते दिउँसो १२ः४० बजे वीरगञ्ज महानगरपालिका–१० रानिघाटबाट भन्सार छली ल्याइएको ईभी अटो तथा खाद्यान्नका सामान बरामद गरिएको हो।

उक्त सामानको मूल्य ४ लाख २३ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। ​त्यसैगरी, मंसिर ७ गते साँझ ७ बजे वीरगञ्ज महानगरपालिका–१७ रामगढवाबाट बीआर ०५ जीसी ५८४० र बीआर ३१ जी ९७१७ नम्बरका दुईवटा पिकअप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 ती गाडीमा भन्सार छली ल्याइँदै गरेका कपडालगायतका १७ लाख ७९ हजार २ सय रुपैयाँ बराबरका सामान फेला परेका थिए।

 ​प्रहरीका अनुसार बरामद गरिएका सामान र तीनवटै गाडी गरी कुल २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0