यातायात कार्यालय रुपन्देहीबाट ७ जना बिचौलिया नियन्त्रणमा

Nov 24, 2026 - 16:44
 0  10
यातायात कार्यालय रुपन्देहीबाट ७ जना बिचौलिया नियन्त्रणमा

८ मंसिर,बुटवल । रुपन्देहीको बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरीले ७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

 जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार  बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरमा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

 नियन्त्रणमा पर्नेमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीय लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुषाल रहेका छन्।

 त्यस्तै बुटवल–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्ररमध्वज श्रेष्ठ पनि नियन्त्रणमा परेका छन्।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0