बाराकाे मटिअर्वामा आगलागी : दुई घर जलेर नष्ट, दुई चौपायाको मृत्यु

Nov 24, 2026 - 05:09
 0  10
बाराकाे मटिअर्वामा आगलागी : दुई घर जलेर नष्ट, दुई चौपायाको मृत्यु

 ८ मंसिर,बारा । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा मंगलबार बिहान आगलागी हुँदा दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

 आगलागीमा परी दुई चौपाया मरेका छन्। ​प्रहरीका अनुसार मंगलबार बिहान करिब ३ः१८ बजे स्थानीय रतन महराको माटो र खरले बनेको घरबाट आगलागी सुरु भएको थियो।

 आगो फैलिँदै जाँदा धुरेन्द्र महराको घरसमेत पूर्ण रूपमा जलेर नष्ट भएको छ। ​आगलागीबाट रतन महराको घरमा रहेका दुई चौपाया जलेर मरेका छन् भने लत्ताकपडा तथा घरभित्र रहेका अन्य सरसामान जलेर नष्ट भएका छन्।

 घरमा सुतिरहेका छोराछोरी भने समयमै भागेर ज्यान बचाउन सफल भएका छन्। ​स्थानीय सञ्चारकर्मी राजु चौरसियाका अनुसार रतन महरा र धुरेन्द्र महरा तीर्थाटनका लागि घरबाहिर गएका थिए। उनीहरू घरमा नभएको अवस्थामा आगलागी भएको हो। ​

आगलागी नियन्त्रणमा लिन स्थानीय प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए। कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाका दमकल तथा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। ​

सुरक्षाकर्मी, दमकलकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएपछि गाउँमा थप ठूलो क्षति हुनबाट जोगिएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाको कारण र कुल आर्थिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0