सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

Sep 14, 2026 - 13:00
 0  14
सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

२९ भदाै,काठमाडौं । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार–प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

 जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार/प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कबाट खटिएको टोलीले खोजतलास थालेको थियो।

 खोजतलासका क्रममा प्रहरीले मिति २०८३ भदौ २७ गते काठमाडौंको नयाँ बसपार्कबाट पाँचथरको फिदिम नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६, बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको थियो। लामामाथि वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0