बझाङमा खरको कुन्यूमा लुकाइएको भरुवा बन्दुक बरामद, एक जना पक्राउ
८ मंसिर,बझाङ । बझाङमा घरनजिकै खरको कुन्यूमा लुकाइछिपाई राखिएको एक थान एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिका–७, काँडाचौर बस्ने बहादुर धामी रहेका छन्।
प्रहरीका अनुसार २०८३ मंसिर ८ गते बिहान करिब २ः३० बजे धामीको घर तथा आँगनमा खानतलासी गर्ने क्रममा घरनजिकै रहेको खरको कुन्यूमा लुकाएर राखिएको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक फेला परेको हो।
बरामद बन्दुकसहित धामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0