धरानमा १ सय २४ ग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ
४ मंसिर,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१४ हात्तीसार पथस्थित एक घरबाट ब्राउन सुगर तथा विभिन्न प्रकारका लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सुक्रबार दिउँसो करिब ३ बजे राजकुमार डंगोलको घरमा खानतलासी गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरी वरिष्ठ नायब निरीक्षक सन्दिप कार्कीको कमाण्डमा खटिएको टोलीले गरेको खानतलासीका क्रममा १२४ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ४४५ ट्याब्लेट, स्पास्पेन ६५ ट्याब्लेट र ट्रामोल १५ क्याप्सुल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा धरान–१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जना र बरामद लागूऔषधका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0