दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

Nov 19, 2026 - 15:19
 0  0
दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

३ कातिक,बारा  । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

बिहबािर बिहान करिब ८ः३० बजे बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो ।

 बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेका थिए । दुर्घटनामा २२ जना घाइते भएका छन् भने उनीहरूको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 सबै घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ । बसमा सवार अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ ।

दुर्घटनापछि प्रहरीले बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0