२० वर्ष कैद सजाए तोकिएका कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ
४ मंसिर,चितवन । जेनजी आन्दोलनका क्रममा चितवन जिल्ला कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा बुधबार (मंसिर ३ गते) उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–९ निवासी २९ वर्षीय गिराज प्रजा रहेका छन् ।
कर्तव्य ज्यान कसुरमा चितवन जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेपछि उनी चितवन जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएका थिए ।
पक्राउ परेका प्रजालाई आवश्यक कारबाहीका लागि पुनः चितवन जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवका अनुसार फरार कैदी पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0